Thursday, May 31, 2012

केक र कुकीले स्मरणशक्ति घटाउँछ


वैज्ञानिकहरुका अनुसार केक, कुकी, जाम तथा जेली लगायतका फास्टफूड बढि खाने मानिसको स्मरण शक्ति कमजोर बन्दै जान्छ ।
कुकी तथा केक लगायतका खाद्य पदार्थले मानिसको मस्तिष्कको काम गर्ने तरिकालाई प्रभावित पार्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । यस्ता खाद्यपदार्थ खाने मानिसको स्मरण शक्ति कम हुँदै जान्छ । तथापि फ्याट्टी अम्ल हुने खानाहरुले भने स्मरणशक्ति तेज बन्ने बताइन्छ ।
अमेरिकाको लस एन्जल्सका वैज्ञानिकहरुले मुसामा गरेको अध्ययनले यस्तो देखाएको हो । अनुसन्धानको क्रममा कुकी, केक लगायतका फास्टफूड खुवाइएका मुसाहरु पज्जल पार गर्न असफल भएको पाइयो भने सामान्य खाना दिइएका मुसाहरुले त्यस्तो पज्जल पार गरे ।
मुसाको मस्तिष्क मानिसको सँग धेरै मेल खाने भएकाले यो सिद्धान्त मानिसमा पनि लागु हुने वैज्ञानिकहरुको भनाइ छ ।

Source: Online Khabar

No comments:

Post a Comment